सुनको मूल्य आज पनि घट्यो

काठमाडौँ–तिहारपछि सुनको मूल्यमा सामान्य गिरावट आएको छ। साताको चौथो दिन बुधबार पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेर ६९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ भने मंगलबार ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

विज्ञापन

चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्