हिमालपारीको गाउँ लिमी सञ्चार सम्पर्क बिहीन

सिमकोट– नाम्खा गाउँपालिका वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीका तीन वटै वस्तीहरु यतिखेर सञ्चार सम्पर्क बिहीन भएका छन् । नेपाल टेलिकमले तीन गाउँमा स्थापना गरेको ६ लाईन भिस्याट टेलिफोन सेवाका उपकरणहरु एकसाथ बिग्रीएपछि लिमी सञ्चार सम्पर्क बिहीन भएको हो ।

लिमीका तिल, हल्जी र जाङ्ग गाउँमा रहेका भिस्याट टेलिफोन लाईनका मेशिनहरुले काम गर्न छोडे पनि १५ दिन अगाडि देखि लिमी सञ्चार सम्पर्कबाट बिहीन भएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।

हिमाली उपत्यका लिमी सञ्चार सम्पर्कबाट बिहीन भएपछि अब त्यहाँका स्थानीय बासिन्दाहरु बाहिरी सम्पर्कबाट अलग रहेका छन् । हाल लिमीमा सम्पर्क गर्ने माध्याम भनेको वल्र्ड लिंक कम्युनिकेशन प्रालिको इन्टरनेट सेवा भएको र त्यो पनि घाम लागेको समयमा सोलारले काम गरे मात्र च्याट, भाईभर र फेसबुकबाट काम गर्ने गरेको छ ।

कात्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्