आमिर खानको चलचित्र ‘लाल सिंह चड्ढा’को माेशन पाेस्टर रिलिज

एजेन्सी– बलिउड सुपरस्टार आमिर खानको आगामी चलचित्र ‘लाल सिंह चड्ढा’ २०२० को क्रिसमसमा रिलिज हुने भएको छ।

आमिरले ट्वीटरमा आफ्नो आगामी चलचित्र ‘लाल सिंह चड्ढा’को मोशन पोस्टर रिलिज गर्दै यसको जानकारी दिएका छन्।

अद्वैत चन्दनको निर्देशनमा बन्ने चलचित्रको गत बिहीबारदेखि शुटिङ सुरु भइसकेको छ। यतिबेला ‘लाल सिंह चड्ढा’को इन्डोर शुट चलरहेको छ। शुटिङसँग सम्बन्धी जानकारीलाई भने गोप्य राखिएको छ।

‘लाल सिंह चड्ढा’ हलिउड चलचित्र ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक हो। ‘फरेष्ट गम्प’ सन् १९९४ मा रिलिज भएको थियो।

आमिर यस चलचित्रको लागि कडा मेहनत गरिरहका छन्। उनले २० किलो तौल घटाएका छन् भने दाह्री बढाएका छन्। जसका लागि उनले खानपानसमेत परिवर्तन गरेका छन्।

चलचित्रमा आमिरका साथै करीना कपूरको पनि अभिनय रहेको छ। आमिर र करीना सन् २०१२ मा प्रदर्शन भएको चलचित्र ‘तलाश’मा काम गरेपछि पहिलो पटक एकसाथ देखिन लागेका हुन्।

‘तलाश’भन्दा अघि उनीहरुले सन् २००९ मा प्रदर्शन भएको चलचित्र ‘थ्री इडियट्स’मा पनि सँगै काम गरेका थिए।

 

कात्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्