फिरौती लिन भारतबाट नेपाल आएका अपहरणकारी पक्राउ

पर्सा-बालकको अपहरण गरि फिरौती माग्ने एक अपहरणकारीलाई पर्सा प्रहरीले गोली हानेर पक्राउ गरि सार्वजनिक गरेको छ।

बालकको अपहरण गरि फिरौती लिन भारतबाट नेपाल आएका अपहरणकारी पर्साको पोखरिया नगरपालिका ६ सेमरबारी बस्ने २० वर्षीय राजकुमार दासलाई प्रहरीले गोली प्रहार गरि पक्राउ गरेर बुधबार पर्सा प्रहरीले सार्वजनिक गरिएको हो।

विज्ञापन

पक्राउ परेका दासले बिरगञ्ज महानगरपालिका वडा नम्बर २५ घर भई हाल छोरा सहित काभ्रे जिल्ला स्थित बनेपामा बस्दै आएका अम्जद खानको १४ वर्षीय छोराको अपहरण गरेका थिए।

१० दिनअघि अपहरित बालक बनेपाबाट र्सिसियास्थित घर आउने क्रममा अचानक बेपत्ता भएका थिए।दासले बालकलाई अपहरण गरेपछि बालकले नै प्रयोग गर्ने मोबाईल नम्बरबाट उनको बुबासँग १२ लाख रुपैया फिरौती माग गरी नदिएमा बालकको हत्या गर्ने बारम्बार धम्की दिदै आएका थिए।

सोहीक्रममा बुधबार राति सवा १ बजे फिरौतीबापतको रकम लिन भारतबाट सिर्सिया, खलवा टोला स्थित अपहरित बालकको बुबासँग फिरौती रकम लिन आएका थिए। बीआर २२ जे ०८०३ नम्बरको प्लाटीना मोटरसाईकलमा चढेर आएका अपहरणकर्ता दासले बालकका बुवासित झोलामा भएको रकम पेस्तोल देखाई खोसेर भाग्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको हो।

दासलाई पक्राउ गर्नेक्रममा प्रहरीले उनको खुटामा गोलीसमेत प्रहार गरेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।प्रहरीको गोली दासको दाहिने खुटामा लागेको थियो।दासको उपचार नारायणी अस्पतिालमा भईरहेको तथा अपहरित बालकको सकुशल रुपमा प्रहरीले उद्धार गर्न सफल भएको राठौरले बताए।

कट्वा पेस्तोल र गोली बरामद दुईजना अपहरणकारी अझै फरार


प्रहरीले पक्राउ परेका दासको साथबाट उनले प्रयोग गरेको मोटरसाईकल १ थान, कटुवा पेस्तोल १ थान र उक्त कटुवाको चेम्बरमा लोड गरिएको १ राउण्ड गोली,दासको पाइन्टको खल्तीबाट कटुवा पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली,मोबाइल-१ थान, ब्लुटुथ इयरफोन १ थान र ब्याग १ थान बरामद गरेको छ।

यस्तै बालकको अपहरणमा संलगन रहेका-२जना अपहरणकारी भने अझै फरार रहेको पर्सा प्रहरीले जनाएको छ।उनीहरुको खोजी कार्यभइरहेको प्रहरीले जनाएको छ।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू