एएफसी यू-१९ च्याम्पियनसिप छनोट : नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ : एएफसी यू-१९ च्याम्पियनसिपको छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बुधबार साँझ यूएईको सामना गर्दै छ।

इरानमा हुने समूह ‘डी’को खेलमा नेपाल र यूएई भिड्न लागेका हुन्।

विज्ञापन

समूहमा किर्गिस्तान र इरान पनि छन्। समूहको शीर्ष टोली एएफसी यू-१९ च्याम्पियनसिपका लागि छनोट हुने छ।

११ वटा समूहका शीर्ष चार सर्वोत्कृष्ट उपविजेता टोली पनि छनोट हुनेछन्।

एएफसी यू-१९ च्याम्पियनसिपको आगामी संस्करण सन् २०२० को अक्टोबरमा उज्वेकिस्तानमा आयोजना हुँदै छ।

 

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्