घरायसी विवादमा श्रीमतीको हत्या

साङ्केतिक तस्बिर

लहान– सिरहाको कर्जन्हा नगरपालिकामा बुधबार एक युवकले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

घरायसी विवादमा कर्जन्हा नगरपालिका–२ निवासी रामबाबु पासवानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमती कविता पासवानको हत्या गरेका हुन्।

विज्ञापन

बिहानै माछा बेचेर घर आएपछि खाना खाँदै गरेको अवस्थामा सामान्य विवाद हुँदा पासवानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए।

बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी कवितालाई उपचारका लागि कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रनाउ खनालले बताए।

श्रीमतीमाथि बञ्चरो प्रहार गर्ने पासवान फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्