उपनिर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ– मंसिर १४ गते हुने उप–निर्वाचनका लागि मोरङको धनपालनथान गाउँपालिका–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

सोही क्रममा बुधबार एक कार्यक्रमको आयोजना गर्दै मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकेर कार्यालय स्थापना गरिएको हो।

विज्ञापन

कार्यालयको आवश्यकीय सुरक्षा व्यवस्थाका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

तत्कालिन वडा अध्यक्ष बलीराम भगतको २०७५ जेठ २४ गते सर्पले डसेर मृत्यु भएपछि अध्यक्ष पद रिक्त भएकाे थियाे।

अधिकृतको कार्यालय स्थापना भएपछि निर्वाचनका लागि गर्नुपर्ने सबै कामहरु सुचारु गरिएको जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले जानकारी दिए। ठाकुरका अनुसार २ वटा मतदानस्थल रहेको वडामा ५ वटा मतदान केन्द्र र ४ हजार ७४ मतदाता छन्।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्