चीनमा हुने बी एण्ड आर महिला क्रिकेटका लागि नेपाली टोलीको घोषणा

कप्तान डोल्ली। फाइल तस्विर

काठमाडौँ – चिनमा हुने १९ वर्षभन्दा कम उमेरस्तरको अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ।

१४ सदस्यीय नेपाली टोलीमा डोल्ली भट्ट, कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, शृष्टी जैँशी, राजमती एेरी, इश्वरी विष्ट, लक्ष्मी साउद, खुसी डंगोल, गोमा आले, ज्योती दनुवार, निग्मा तामाङ, शिला रेग्मी र लखिता राजबंशी रहेका छन्।

विज्ञापन

चिनको सांघाईमा  ११ नोभेम्बरदेखि सुरु हुने बी एन्ड आर कप क्रिकेटमा नेपालले थाइल्यान्ड, साउदी अरब, चिन, मलेसिया र म्यानमारसँग प्रतिस्पर्धा गर्ने छ। डोल्ली टोलीको कप्तान हुन्।

कार्तिक २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्