क्यानडियन कम्पनीका पाँचवटा गाडीमा एम्बुस आक्रमण, कम्तिमा ३७ जनाको मृत्यु

अफ्रिकी देश बुर्किना फासोमा सशस्त्र बिद्रोहीले एम्बुस आक्रमण तथा गोली चलाउँदा कम्तिमा ३७ जनाको ज्यान गएको छ । अरु ६० जना घाइते भएका छन् ।

आक्रमणकारीले खनिज उत्खनन् कम्पनीका कर्मचारी सवार पाँचवटा गाडीमा एम्बुस बिस्फोट गराएको र त्यसपछि गोली चलाएको बुर्किना फासोका सरकारी अधिकारी बताएका छन् ।

विज्ञापन

क्यानडियन कम्पनी सेमाफोका कर्मचारी सवार गाडीमा बुर्किना फासोको पूर्वी शहर बोउन्गोउबाट ४० किलोमिटर पर आक्रमण भएको हो । सेनाले स्कटिङ्ग गरेको भए पनि आक्रमणकारीले एम्बुस बिस्फोट गराउन सफल भएका हुन् ।

सेमाफोका कर्मचारीमाथि पछिल्लो १५ महिनामा भएको यो तेस्रो ठूलो आक्रमण हो । पश्चिम अफ्रिकी देश बुर्किना फासोमा पछिल्लो वर्षहरुमा इस्लामिक बिद्रोहीले हिंसात्मक गतिविधि बढाउँदै लगेका छन् ।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्