पाइलटले गल्तीले जहाज हाइज्याकको अलार्म बजाएपछि…

नेदरल्याण्डसका एक पाइलटले गल्तीले जहाज हाइज्याक हुँदा बजाउने चेतावनी संकेत युक्त अलार्म बजाउँदा खलबली मच्चिएको छ ।

डच शहर आम्स्टरडमको स्किफोल विमानस्थलमा पाइलटले आइज्याक अलार्म बजाउँदा उच्च तहको सुरक्षा सतर्कता अपनाइएको थियो ।

विज्ञापन

तर जहाज हाइज्याकको अवस्था थिएन, पाइलटले गल्तीबस अलार्म बजाएको बताइएको छ । डच प्रहरीले घटनाका सम्बन्धमा ट्वीट गरेर अनुसन्धान गरिरहेको बताएको छ ।

अलार्म बजेपछि युरोपको व्यस्तमध्ये एकमा पर्ने विमानस्थल प्रहरीले बन्द गरेको थियो । तर घटनाको एक घण्टापछि एयर युरोपाले पाइलटले गल्तीले अलार्म बजाएको जानकारी दिएको थियो ।

स्पेनको मड्रिडका लागि उड्ने तयारीमा रहेको विमानमा अलार्म बजेपछि यात्रुलाई ओरालिएको थियो।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्