कास्की जिल्ला निर्वाचन कार्यालय नजिक शक्तिशाली बम बिस्फोट

जिल्ला निर्वाचन कार्यालय, कास्की। फाइल तस्बिर।
कास्की – कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै शक्तिशाली बम बिस्फोट भएको छ । आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि मनोनयनपत्र दर्ताको काम भइरहेका बेला जिल्ला निर्वाचन कार्यालय नजिकै बम बिस्फोट भएको हो ।
बिहान ११ बजेतिर जिल्ला निर्वाचन कार्यालयबाट २०० मिटर पर पर्यटक बसपार्कमा बम बिस्फोट भएको हो । घटना लगत्तै सुरक्षा सतर्कता बढाइएको छ ।
घटनाबारे प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन । तर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बम बिस्फोट गराएको हुन सक्ने आशंका छ ।