नेकपाकी उमेदवार विद्याद्वारा मनोनयन दर्ता

पोखरा – आगामी मंसिर १४ गते हुने कास्की–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा सत्तारुढ दल नेकपाको तर्फबाट विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गराएकी छन् ।

जिल्ला निर्वाचन कार्यालय कास्कीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भइ उनले आफ्नो मनोनयन दर्ता गराएकी हुन् ।
उनको प्रस्तावकमा नेकपाका कास्की जिल्ला कमिटी अध्यक्ष कृष्णबहादुर थापा र नेकपा नेतृ प्रभा कोइरालाले समर्थन गरेकी छन् ।

विज्ञापन

मनोनयन दर्ता पछि बोल्दै भट्टराईले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन् । भट्टराई तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीकि पत्नी हुन् ।

गएको फागुन १५ गते ताप्लेजुङ्गमा हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ रिक्त भएको थियो ।

उपनिर्वाचनमा देशभरिमा एक मात्र प्रतिनिधिसभा सिटका लागि चुनाव हुने भएकाले विशेष चासोको रूपमा हेरिएको छ ।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू