सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख पन्तले गरिन् पदभार ग्रहण

धनगढी – नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले बिहीबार पदभारग्रहण गरेकी छन् । बुधबार धनगढी पुगेकी प्रदेश प्रमुख पन्तले बिहीबार धनगढी स्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरागर्दै उनले प्रदेश प्रमुखको जिम्मेवारी पाउदा खुशी र गौरव महसुस गरेको बताईन् । प्रदेश प्रमुख पन्तले संविधानको मर्म र भावना अनुरुप कर्तव्य पूरा गर्ने उल्लेख गर्दै यसमा सवैको साथ र सहयोगको अपेक्षा गरेको बताइन् ।

विज्ञापन

पदभारग्रहण अघि प्रदेश प्रमुख पन्तको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । पदभारग्रहण समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीग्रण, उच्च पदस्थ कर्मचारी, सुरक्षा अधिकारी लगायतको सहभागिता रहेको थियो ।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्