दोस्रो ‘सूर्य इन्टरनेशनल अवार्ड’ हुँदै, नोमिनेशनमा को-को परे ?

काठमाडौँ – दोस्रो ‘सूर्य इन्टरनेशनल अवार्ड’ हुने भएको छ। सूर्य कर्पोरेशनको आयोजनामा अवार्ड कार्यक्रम हुन लागेको हो। ‘सूर्य इन्टरनेशनल अवार्ड– २०१८’ गएको वर्ष जापानमा भईसकेको छ।

सूर्य कर्पोरेशनका अध्यक्ष वाशुदेव लामिछानेले दोस्रो शृंखला झनै भव्य हुने बताए। आउँदो नोभेम्बर २३ मा बीच पार्टी र २४ मा टोकियोमा रहेको नाकानो जिरो हलमा अवार्डको तयारी अन्तिम चरणमा पुगेको समेत उनले बताए ।

विज्ञापन

‘नेपाली कलाकारहरुको सहभागीतामा हुने अवार्डले यहाँका नेपाली तथा अन्य दर्शकमा पनि उतिकै उत्साह थपेको छ’ तयारीका लागि टोकियोमा रहेका लामिछानेले बताए । उनले यस अवार्डलाई नाफा भन्दा पनि कला र संस्कृतीमा टेवा पुर्याउने उदेश्यले आयोजना गरिएको बताए ।

लामिछानेले भने ‘यसपटक हामी स्थानीय सरोकारवालासंग अन्तरक्रिया पनि गर्दैछौ नेपाली फिल्मकर्मीको साथमा । यसले नेपाल सरकारको नेपाल भिजिट २०२० लाई पनि सहयोग पुग्छ भन्ने विश्वाश छ ।’

फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए । अवार्ड अगाडी जापानमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिने छ । जसमा स्थानीय मिडियाकर्मीसंगको भेटघाट, फिल्म र पर्यटन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु रहनेछन् ।

नेपाली फिल्मीक्षेत्रलाई नै फाइदा पुर्याउने उदेश्यले अवार्ड आयोजना गर्न लगिएको हो । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।

अवार्ड समारोहमा दुइ दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान, एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ ।

यसैगरी लोकप्रिय जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई विशेष सम्मान प्रदान गरिने भएको छ । कलाकारितासँगै गीतसंगीत, सामाजिक क्षेत्रमा योगदान पुर्याएका बहुआयामिक व्यक्तित्वलाई प्रदान गरिने यो अवार्डमा यस विधा अन्तर्गत पहिलो पटक महलाई ‘विशेष सम्मान’ गर्न लागिएको हो । साथै, यो सम्मान हरेक वर्ष नहुने समेत आयोजकले प्रस्ट्याएको छ ।

यसपटक अवार्डमा सहभागी हुन् नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचाय, भुवन केसी, केशव भट्टराई, अनमोल केसी, श्वेता खड्का, नम्रता श्रेष्ठ, पुजा शर्मा, सन्दीप छेत्री, कमल खत्री, बर्षा राउत, विजय लामा, बुद्धि तामाङ, दिपेन्द्र लामा, हेमन्त शर्मा, सन्जिव पराजुली, संजिव पराजुली, टिका प्रसाईं, मन्जु पौडेल, सम्झना लामिछाने मगर लगायतका कलाकारहरु रहेका छन् । साथै, अवार्डमा एपीएफको कल्चरल ग्रुपले आफ्नो प्रस्तुति समेत देखाउने छ ।

अवार्डमा ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ । साथै, क्रिटिक्स अवार्डमा निर्देशक, अभिनेता र अभिनेत्रीको विधा समेत रहेको छ । यसको नोमिनेशन नभई अवार्ड समारोहमै विजेता घोषणा गरिनेछ भने अन्य नोमिनेशनमा परेका पपुलर विधामा भोटको आधारमा विजेता घोषणा गरिनेछ ।

दर्ता आव्हान गरिएको मितीसम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो । कार्यक्रमको अफिसियल एमसीको रुपमा नरेश भट्टराई रहेका छन् ।

फिल्म विधा
१ फिल्म

प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पञ्जा – आमा सरस्वति मुभिज
ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट

२ निर्देशक

मिलन चाम्स – बोबी
झरना थापा – ए मेरो हजुर ३
दीपा श्री निरौला – छक्का पञ्जा ३

३ अभिनेता

बिपिन कार्की – प्रसाद
अनमोल केसी – क्याप्टेन
प्रदीप खड्का – लभ स्टेसन

४ अभिनेत्री

नम्रता श्रेष्ठ – प्रसाद
साम्राज्ञी आरएल शाह – काइरा
पुजा शर्मा – रामकहानी

५ सह अभिनेता

केदार घिमिरे – छक्का पञ्जा ३
सलोन बस्नेत – यात्रा
बुद्धि तामाङ्ग – जय भोले

६ सह अभिनेत्री

बर्षा राउत – गोपी
सन्ध्या केसी – पण्डित बाजेको लौरी
नीरुता सिंह – नाई नभन्नु ल ५

म्युजिक

 पप गायक

कमल खत्री – पहिलो मायो
संजिव पराजुली – कर्के नजर
दीपक बज्राचार्य – मन मगन

 पप गायिका

१ टिका प्रसाई – कर्के नजर
२ इन्दिरा जोशी – रेलिमाई
३ त्रिशाला गुरुङ – यो मन

 आधुनिक गायक

हेमन्त शर्मा – बरिखा
युवराज चौलागाई – लट्टर पट्टर
राजेश पायल राइ – दर्शन नमस्ते ४

आधुनिक गायिका

मेलिना राइ – पिरिम नलाउने
अन्जु पन्त – नरुनु है
प्रविशा अधिकारी – तिमि बिना

 लोक गायक

१ कुलेन्द्र बिक – सालको पात
२ खुमन अधिकारी – १४ अञ्चल ससुराल
३ पशुपति शर्मा – गाह्रो हुन्छ फेरी

 लोक गायिका

१ सम्झना लामिछाने मगर – आउँन माया नाचिदेउ
२ मन्जु पौडेल – गाह्रो हुन्छ फेरी
३ बिष्णु माझी – सालको पात

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्