सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौँ – केही दिन देखि ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलामा ७० हजार दुई सय रुपैयाँ थियो।

विज्ञापन

यस्तै तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबार तेजाबी सुनको मूल्य ६९ हजार नौ सय रुपैयाँ थियो।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू