‘मिल्की वे’को तस्बिर खिच्‍ने फोटोग्राफर जेहिसन ह्यूर्टालाई नासाको पुरस्कार

एजेन्सी- अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले पेरुका फोटोग्राफर जेहिसन ह्यूर्टालाई ‘द एस्ट्रोनोमिकल फाेटो अफ दि डे’ को रुपमा पुरस्कृत गरेको छ।

उनले आफ्नो वेबसाइटमा २२ अक्टोबरका दिन उक्त तस्बिर पोस्ट गरेका थिए।

विज्ञापन

फोटो पत्रकार ह्यूर्टाले बोलिभियामा उयूनी नमकको मैदानबाट मिल्की वेको तस्बिर लिएका थिए। यसको विस्तार १३० किलोमिटर रहेको छ। यसबाट वर्षाभरि उसले एउटा विशाल तस्बिर बनाए। त्यो थियो मनुष्‍य र ब्रमाण्डबीचको सम्बन्ध। हामी सबै ताराहरुको बच्चा हौ।’

ह्यूर्टामाथि ल्याटिन अमेरिकामा खगोलीय फोटोग्राफरको साच्ची हुनेछ। ह्युर्टाले भनेका छन् की उसले आफ्नो शानदार तस्बिर लिनु अगाडि प्रकृतिसँग मद्दत माग्नको लागि प्रार्थना गर्ने गरेका छन्।

नासाले कसरी छान्यो ह्‍युर्टाको तस्बिर ?


यसलाई खगोलीय फोटोग्राफीको प्राकृतिक छटा रहेको मान्छन् उनी जहाँ खुल्ला मैदान भनेर चिनिन्छ। यो एउटा शाखा हो जसमा खगोलीय फोटोग्राफीको लागि निक्क‍ै उपयुक्त  मानिन्छ।

कतिपय मानिसहरु सोच्छन् की खगोलीय फोटोग्राफी टेलिस्कोपबाटै हुन्छन्। तर यो त्यस्तो होइन, यसको छुट्टै शाखा रहेको छ जहाँ खगोलीय पिण्डको साथमा स्थलीय दृश्‍य पनि रेकर्ड बनाउने गरिन्छ।

उयूनीमा तस्बिर लिने मैदानमा तीन महिना किन लाग्यो ?


ह्यूर्टा भन्छन्, ‘म पहिलो पटक सन् २०१६मा उयूनी नामक मैदानमा गएको थिए। मेरो मनमा एउटा परिदृश्‍य आयो जुन मिल्की वे मात्रै नभएर त्यसमा धेरै प्रतिबिम्बहरु रहेको भान भयो।’

उयूनी नमक मैदान समुन्द्र सतहदेखि करीब ३ हजार ६ सय किलोमिटर माथि रहेको छ भने यहाँ नूनको मरुभूमि रहेको छ।

बर्षाको मौसम पश्‍चात पानी एकैनाशको बन्छ जहाँ न दिन न रातको आभास हुन्छ। मात्र त्यहाँ रातिमा ताराहरुको बीचमा प्रतिबिम्म देखिने सम्भावना हुन्छ।

तर, तस्बिर लिनु अगाडि पहिलो पटक भने आफू निक्क‍ै निराश भएको ह्यर्टाको भनाई छ। उनी भन्छन्,’ मलाई लाग्यो मैले धेरै राम्रो तस्बिर लिएँ। तर जब म घर पुगेर हेरे, त्यो त होइन रहेछ।मैले फेरि आफूलाई सुधार्ने पटक पटक प्रयास गरे।’

उनको दोस्रो पटकको प्रयास पनि असफल प्राय रह्‍यो। उनी यसबारे भन्छन्, ‘सन् २०१७मा पहिलो पटक म आफ्नो ठूलो टीमको साथ फेरि त्यहा पुगे। म अर्को क्‍यामेरा, लेन्स, एउटा डायग्राम तथा अन्‍य उपकरण पनि साथै लिएर आएको थिए।’ उनी निशरा हुँदै भन्छन्, ‘तर यो पटक पनि त्यही दुर्भाग्य दोहोरियो। जब म बोलिभिया पुगेँ, त्यहाँ साता दिनसम्‍म आकाशमा बादलले ढाकिरह्यो।


तेस्रो पटकको प्रयासमा ह्युर्टाले आफूले खोजेको चाहेको र अर्थदिने खालको मिल्‍की वेको तस्बिर खिच्‍न पाए। उनी निक्कै खुसी भए सन् २०१८मा।उनी त्यतिबेलाको खुसी सम्झिँदै भन्छन्, ‘दुई पटकको हारलाई मध्‍यनजर गर्दै मैले मिल्की वेको तस्बिर लिन निक्‍कै ध्‍यान केन्द्रित गरेको थिए।’

 

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्