सीमा विवादको समाधान वार्ताबाटै, नक्सामा हेरफेर नगरेको भारतीय दाबी

काठमाडौँ– भारत सरकारले उसको नयाँ मानचित्रमा नेपालसँगको सीमानामा कुनै हेरफेर नगरिएको दाबी गरेको छ।

लिपुलेक तथा कालापानी क्षेत्रलाई भारत सरकारले भारतकाे नक्साभित्र पारेको भन्दै नेपालमा विरोध चर्किएको बेला भारतको विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले  दाबीगरेका हुन्। उनले  नेपालसँगको सीमा समीक्षाका विषयमा विद्यामान संयन्त्रबीच छलफल भइरहको बताए।

विवादबारे वार्ताद्वारा समाधान खोज्नुपर्ने र निहित स्वार्थबाट प्रेरित भई विवाद चर्काउनेहरुसँग दुवै मित्र सचेत र सावधान रहनुपर्ने उनले बताए।

कात्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्