दुई विघामा गरिएको गाँजा खेती नष्ट

जनकपुरधाम– प्रहरीले सिरहामा ठूलो मात्रामा गाँजा खेती नष्ट गरेको छ।

सिरहाको धनगढीमाई नगपालिका वडा नम्बर १२ स्थित करिब दुई विघा खेतमा गरिएकाे गाँजा खेती फडानी गरी नष्ट गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

विज्ञापन

इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले गाँजा खेतीलाई फडानी गरि स्थानियवासीको रोहवरमा नष्ट गरेको सिरहा प्रहरीले जनाएको छ।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्