आइटीका विद्यार्थीलाई खल्तीले इन्टर्नसीप गर्न दिने

काठमाडौँ-‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले इ-बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारीको अवसर प्रदानगर्ने सम्बन्धि साझेदारीको घोषणा गरेका छन्।

खल्तीकातर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
काठमाडौंमा आयोजित एक विशेष समारोह बीच सम्झौतामा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन्।

विज्ञापन

उक्त सम्झौता अनुसार लर्ड बुद्ध एजुकेशन फाउन्डेशनमा अन्तिम वर्षमा अध्ययनरत तथा कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले खल्तीमा इन्टर्र्निशपका लागि आवेदन दिन सक्नेछन् भने छोटो अवधिको इन्टर्र्निशप पूरा गरिसकेपछि उनीहरुलाई ‘खल्ती’मा पूर्णकालिन रोजगारी प्रदान गरिनेछ।

‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’बीचको यस प्रकारको सहकार्यले नेपालमा उद्योग र शैक्षिक संस्थाहरुबीच हुनुपर्ने पार्टनरशिपको उदाहरण स्थापित गर्ने र अन्य संस्थाहरुलाई पनि यस प्रकारको सहकार्य गर्न प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

खल्तीकाप्रबन्धनिर्देशकमनिषमोदीले यो सहकार्य ‘खल्ती’ र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनको मुख्य उद्देश्य नेपालको आईटी उद्योगको विकास भएको बताए। उनले यस सहकार्यले दुबै संस्थालाई थप उर्जा तथा हौसला प्रदान गर्ने कुरामा विश्वस्तर रहेको बताए।

उनले भने ‘ हामीले खल्तीमा इन्टर्र्निशप गर्न आउने विद्यार्थीहरुलाई प्रभावकारी रुपमा सिक्ने अवसर प्रदान गर्नुका साथै कम्पनीको कार्यबलको गुणस्तर बढाउने अपेक्षा गरेका छौँ।’

यस्तै लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानले ‘खल्ती जस्तो कम्पनीसँग यस प्रकारको रणनीतिक सहकार्य पाउँदा उत्साहित हुनुका साथै यस प्रकारको सहकार्य हाम्रा विद्यार्थीहरुलाई एकदमै प्रभावकारी हुने हामीले अपेक्षा गरेको बताए।

मास्टर डिग्री पढ्न चाहने खल्तीमा कार्यरत विद्यार्थी कर्मचारीहरुलाई लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले विशेष छात्रवृत्ति प्रदान गर्ने कम्पनीले जनाएको छ।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू