नेपाललाई बराबरी गर्ने चुनौती, ३०२ रनले अगाडि रहेको एमसिसीलाई जितको आश

काठमाडौँ –  इङ्ल्यान्डको मेरिलिबोन क्रिकेट क्लब-एमसिसीविरुद्धको प्रथम श्र‍ेणी क्रिकेटमा अन्तिम दिनको खेल बाँकी रहँदा नेपालले विशाल लक्ष्य पाउने देखिएको छ।

पहिलो पालीमा दुई सय ११ रनले पछाडि रहेको एमसिसीले दोस्रो पालीमा दोस्रो दिनको खेल समाप्त हुँदासम्म २ विकेट गुमाएर ९१ रन जोडेको छ। एमसिसी समग्रमा ३ सय २ रनले अगाडि छ।

विज्ञापन

अन्तिम दिन नेपाललाई खेल बराबरी गर्न नै हम्मेहम्मे हुने देखिएको छ। नेपाल पहिलो पालीमा एक सय ५३ रनमा अलआउट भएपनि एमसिसीले फलो अन दिएन र आफै ब्याटिङ सुरु गर्‍यो।

एमसिसीले पहिलो पालीमा तीन सय ६४ रन बनाएका कारण नेपाल अल आउट भएपछि पुन ब्याटिङमा उत्रने अवस्था देखिएको थियो। तर एमसिसीले पुन ब्याटिङ थालेको हो।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले खाता खोल्न सकेनन्। शरद भेषावकर ४, राजु रिजाल ८, आरिफ शेख १० र दीपेन्द्र सिंह ऐरीले एक रन जोडेर आउट भए। सन्दीप लामिछानेले सर्वाधिक ३९ रन बनाए।  विनोद भन्डारीले ३६ र सोमपाल कामीले २६ रन जोडे।

त्यसअघि  एमसिसीका विल रोड्सले ७३ रन जोडे भने यासिर आराफात ६५ रनमा अविजित रहे। एमसिसीका अन्य दुई ब्याट्सम्यानले पनि अर्धसतकीय पाली खेले। एमसिसीले ३११-६ को स्थितीबाट दोस्रो दिन आफ्नो पहिलो पाली अगाडि बढाएको थियो।

नेपालका सन्दीप लामिछाने र करन केसीले तीन तीन विकेट हात पारे। सोमपाल कामी र शरद भेषावकरको नाममा दुई दुई विकेट रह्यो।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्