शाओमी मोबाइलको पाँचौं सर्भिस सेन्टर नारायणघाटमा

काठमाडौं-शाओमी ग्लोबल टेक्नोलोजी लिडरले नारायणघाटस्थित कम्पनीको पाँचौं सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

शाओमीले दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरु सञ्‍चालनमा ल्याएको हो।

विज्ञापन

ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको कम्पनीले जनाएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्ने बताए।

नवीनतम प्रयासहरुले हामीलाई नेपाली ग्राहक र एमआई फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै देशभर बढ्न मद्दत पुर्‍याउने उनको भनाई छ।

एनले भने ‘ हामीले आशा गरेका छौं कि यो नयाँ सर्भिस सेन्टरले नेपालभरका हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्च गुणस्तरीय सेवा पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ।

यस्तै अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नेपालगन्ज र इटहरीमा अवस्थित छन्।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्