सहकारीका महिला सदस्यलाई स्‍याउको सुकुटी बनाउने तालिम

सिमकोट-स्याउँ बढी उत्पादन हुने सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुई वटा सहकारी संस्थाका सदस्यहरुलाई सुकुटी उत्पादन गर्ने तालिम प्रदान गरिएको छ। यसपालि उत्पादन भएका स्याउँ खेर जान थालेपछि स्याउँको सदुपयोग गर्न महिला सदस्यहरुलाई सुकुटी बनाउने तालिम प्रदान गरिएको हो।

तालिम लगत्तै घरमा आएर सुकुटी उत्पादन गर्न सुरु गरेको सिमकोट गाउँपालिका वडा नम्बर ४ की च्याबुटी लामाले बताइन्। साढे एक सय बोट स्याउँ फलेको बताउने लामाले दुई दिनमा साठी केजी सुकुटी उत्पादन गरेर सुकाई रहेको बताए। यस पाली स्याउँ बिक्री नभएपछि खेर जाने संभाबना थियो तर अब तालिम पाएपछि यसको सदुपयोग हुने भएको छ।

विज्ञापन

यता तीन सय बोट स्याउँको फारम गर्नु भएकी सिमकोट ६ की किसान राधिका रोकायाले पनि तालिम पछि स्याउँको सुकुटी उत्पादन गर्न सुरु गुर्न भएको छ। कम्तीमा पनि तीस क्वीन्टल स्याउँ घरमा बाकसमा राख्दै आएकी रोकायाले अब सुकुटी बनाउन जानेपछि स्याउँ कुहिने समस्याबाट छुटकारा मिल्ने बताइन्। आफूले उत्पादन गरेको सुकुटी सबै सहकारीलाई दिने सहमति समेत भएको कारण बिक्रीको समस्या नहुँने उनको दाबी छ।

यता तीन सय बोट स्याउँ फलाउदै आउनु भएकी सिमकोट ४ हिल्दुमकी बसन्ती शाहीले पनि खेर जान लागेका स्याउँबाट सुकुटी बनाउन सुरु गरेकी छन्। तालिम पछि मेशिन पनि पाएको हुँदा सुकुटी बनाउन सहज भएको भएको छ। यी सबै सदस्यहरुले उत्पादन गरेको सुकुटी सहकारीले किन्ने सहमति गरेको छ।

उत्पादन भएका स्याउँ खेर जान थालेपछि सिमकोट गाउँपालिकाको पञ्‍चमुखी दुधेदह कृषि सहकारी र खार्पुनाथ गाउँपालिकाको महिला दुधकण्ठ बहुउदेस्यीय सहकारी संस्थाका सात जना महिला सदस्यहरुलाई चार दिने सुकुटी उत्पादन गर्ने तालिम प्रदान गरिएको तालिमको सहजिकरण गर्ने स्नोल्याण्ड एकिकृति बिकास केन्द्रका निर्देशक गोबिन्द शाहीले बताए।

स्याउ उत्पादन बढी भएर कुहिने समस्या आउन थाले पछि सहकारीका सदस्यहरुलाई तालिम प्रदान गर्नुका साथै सुकुटी बनाउने मेशिन पनि प्रदान गरिएको छ। तालिम अबधि भरि पनि सहभागीहरुले दुई क्विन्टल सुकुटी उत्पादन गरेको र त्यो सुकुटी पनि सहकारीलाई प्रदान गर्ने केन्द्रका प्राबिधिक जंग बहादुर शाहीले बताए।

यसपाली स्याउको सुकुटी प्रतकेजी सात सय मुल्य सहकारीले निर्धारण गरेको छ। तालिमका लागि आर्थिक तथा प्राबिधिक सहयोग गुड नेवर्स इन्टरनेस्नल नेपाल रहेको छ।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्