‘गो ब्याक इण्डिया’ भन्दै बुटवलमा विरोध प्रदर्शन

बुटवल– लिपुलेक, कालापानी लगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा बुटवलमा ‘गो व्याक इण्डिया’ को नारा लगाउँदै विरोध प्रदर्शन भएको छ।

बुटवलमा क्रियाशिल गोर्खाली युवा शशक्तिकरण संस्थाको नेतृत्वमा बुटवलमा विरोध प्रर्दशन भएको हो।

विज्ञापन

नेपालको एक चिम्टीपनि माटो कसैले छुन नपाउने भन्दै सरकारले कुटनीतिक रुपमा समस्या समाधानकाे पहल गर्नुपर्ने अन्यथा आन्दोलन चर्काउने गोर्खालीका अध्यक्ष भरत पुरीले चेतावनी दिए।

बुटवल बजारमा निकालिएको र्‍यालीपछि पुष्पलाल पार्कमा कोणसभा भएको थियो। सभामा बोल्दै सहभागीले भारतलाई यथाशिघ्र आफ्नो गल्ती सुधार्न चेतावनी दिए।

उनीहरुले भारतीय विस्तारवाद, हेपाहा प्रवृत्ति तथा अतिक्रमणकारी रबैया प्रति विरोध जनाउँदै तत्काल नक्सा सच्याउन सचेत गराएका थिए।

उनीहरुले गो व्याक इण्डिया, भारतीय सेना नेपाल छोड, खराब छिमेकी चाहिँदैन–नेपाली भूमि मिच्न पाइँदैन, हाम्रो भूमि हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए।

यस्तै नेपाल विद्यार्थी संघले पनि बुटवलमा राँके जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू