किन पक्राउ परे फिल्म निर्माता शाही, प्रहरी भन्छ: लिलिबिलीको पैसा एक्लै कुम्ल्याएछन्

काठमाडौँ: प्रहरीले बिहीबार फिल्म निर्माता गोविन्द शाहीलाई भक्तपुरबाट पक्राउ गर्‍यो, चलचित्र ‘घामड सेरे’को प्रिमियर स्थलबाटै।

महानगरीय प्रहरी वृत कालिमाटीका प्रमुख रुघम कुँवरले अदालतबाट पक्राउ पुर्जी आएका कारण भक्तपुर प्रहरीको सहयोगमा शाहीलाई पक्राउ गरिएको जानकारी दिए। शाहीविरुद्ध चलचित्र निर्माता सुदिप खड्काले ठगीको जाहेरी दिएका थिए। खड्का र शाहीले चलचित्र लिलिबिलीको निर्माण गरेका थिए।

विज्ञापन

खड्काले चलचित्र लिलिबिलिबाट उठेको सबै रकम शाही एक्लैले कुम्ल्याएको आफ्नो लगानीसमेत फिर्ता नभएको भन्दै उजुरी गरेको प्रहरीले जनाएको छ। ‘ खड्काले पनि ७०/८० लाख रुपैयाँ लगानी गरेका रहेछन्। तर शाहीले चलचित्रको प्रदर्शनबाट उठेको पैसा नदिएको आरोप खड्काको छ’, डीएसपी कुँवरले भने।

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्