वीरगञ्‍जमा चलचित्र स्वर्णिम महोत्सव (फोटो फिचर )

वीरगञ्‍ज-नेपाल चलचित्र निर्माता संघकाे आयाेजनामा बिहीबारदेखि वीरगञ्जमा ‘चलचित्र स्वर्णिम महोत्सव २०७६’ शुरु भएको छ।

महोत्सवमा सहभागि हुन बलिउड अभिनेता गोविन्दासमेत नेपाल आएका छन्। महोत्सवमा गोविन्दाका साथै नेपाली कलाकारहरु आफ्नो प्रस्तुति दिनेछन्।

विज्ञापन

महोत्सवमा महानायक राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ला, करिष्मा मानन्धर, निरुता सिंह, केकी अधिकारी, पल शाह, अनमोल केसी लगायतका कलाकार सहभागि छन्।

महोत्सवका लागि २ सय देखि ५ हजारसम्मको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको महोत्सव शनिवार प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले समापन गर्नेछन्।

 

 

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्