प्रख्यात व्यवसायी तथा विपश्यना गुरु रुपज्याेति पक्राउ

रुपज्योती

काठमाडौँ– प्रख्यात व्यवसायी तथा विपश्यना गुरु रुपज्याेति बिह‍ीबार राजधानीबाट पक्राउ परेका छन्।

सिंगापुरबाट नेपाल फर्किने वित्तिकै काठमाडौँ प्रहरीले रुप ज्योतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे हाे।

विज्ञापन

काठमाडाैँ प्रहरीका अनुसार अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी मुद्दामा परेकाे उजुरीकाे आधारमा रुपज्याेति पक्राउ परेका हुन्।

उनी विपश्यना आचार्यसमेत हुन्।

 

कार्तिक २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्