आजको मौसम: कतै सफा, कतै पानी पर्ने, हिमपातको पनि सम्भावना

काठमाडौँ – देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पूर्वी भूभागमा शुक्रबारको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिएको मौसमविदले बताएका छन् । देशको पश्चिमी पहाडि भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना पनि देखिएको माहाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

विज्ञापन

उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले उल्लेख गरेका छन् । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू