ब्रिटेनः अभद्र टिप्पणीका कारण महिला सांसद राजनीति छोड्न बाध्य

ब्रिटेनमा महिला सांसदहरुमाथि अभद्र टिप्पणीबारे बहसहरुले व्यापकता पाएको छ । केही महिला नेतृहरुको भनाई छ कि आजसम्म उनीहरु यस्ता अभ्रद टिप्पणीहरुबाट मुक्त हुन सकेका छैनन् ।

‘अ हिस्ट्री अफ युमन इन पार्लियामेन्ट’ पुस्तककी लेखिका सांसद रेचल रिव्स भन्छिन् कि पहिलो महिला सांसद नैनसी एस्टरले पुरुष सांसदको बीच एक लामो प्रयासपछि स्थान बनाएकी थिइन् ।

विज्ञापन

महिला सासदहरुलाई बलात्कार र हत्याको धम्की आउनु सामान्य जस्तै विषय बन्न थालेको छ । ५० भन्दा धेरै सांसदहरुको भनाई छ कि उनीहरु १२ डिसेम्बरमा हुने निर्वाचनमा भाग लिने छैनन । यसमध्ये १८ महिला सांसद छन् । यस मध्यका थुप्रै महिला सांसदको भनाई छ कि यस्तो निर्णयका पछाडि उनीहरुमाथि हुने अभ्रद्र टिप्पणी सबैभन्दा ठूलो कारण हो ।

यूकेकी संस्कृति सचिव निक्की मार्गनलाई किसिम किसिमका धम्कीहरु आइरहन्छन् । उनलाई ६४ वर्षका एक व्यक्ति राबर्ट विडलरले फोनमा धम्की दिँदै भनेका थिए, ‘ उनका सामु गन्न सकिने दिन बचेका छन् ।’ ती व्यक्तिलाई १८ हप्ताको जल सजाय सुनाइएको थियो ।

निक्की भन्छिन् कि उनलाई सांसद बन्नु उनको परिवारमाथि विभिन्न किसिमका प्रभाव राख्नु हो । सांसद हेडी एलेनले पनि चुनाव नलड्ने निर्णय गरेकी छन् ।

उनलाई पनि ज्यान मार्ने धम्की मिलेको थियो । ५१ वर्षका एक व्यक्तिले उनलाई फेक इमेल आइडीबाट मेल पठाएका थिए । ती व्यक्तिलाई पनि ४२ हप्ताको जेल सजाय तोकिएको थियो ।

एलेनले आफ्नो चुनाव क्षेत्रका बासिन्दालाई लेखेका पत्रमा भनेकी छन्, ‘कुनै पनि नौकरीमा कसैलाई पनि धम्की, डराउने आशयका इमेल , सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्नु हुँदैन । यसका असर धेरै नराम्रो र अमानवीय हुन्छ ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्