महाराष्ट्रमा सरकार गठनको आज अन्तिम दिन,पार्टी फेर्न सक्ने भन्दै शिवसेनाका विधायक होटलमा

महाराष्ट्र विधानसभा चुनावको नतिजा आएको १४ दिन भइसकेको छ तर अहिलेसम्म त्यहाँ सरकार गठन भएको छैन । चुनाव परिणाम आइसकेपछि बिजेपी र शिवसेनाका बीच मुख्यमन्त्रीका लागि कसरत चलिरहेको छ।

५०–५० को आधार र मुख्यमन्त्री पदलाई लिएरुर दुवै दल आमनेसामने छन् र यसबीच अन्य दलहरुसँगको सहकार्यबारे पनि राजनीतिक भेटवार्ता भयो । तमाम अनिश्चितता र विधायकको दल बदल्न सक्ने आशंकाकाबीच शिवसेनाले आफ्ना विधायकहरुलाई होटलमा राखेको छ ।

विज्ञापन

अर्को तिर बिजेपीका नेताहरुले राज्यपाल भगत सिंह कोश्यारीसँग भेटघाट गरेका छन् तर सरकार बनाउने दाबी पेश गर्न सकेका छैनन् ।

दलहरुको अडान, दाबी र बयानका बीच आज सबैको नजर राज्यको राजनीतिक हलचलमा टिकेको छ किनभने सरकार गठनका लागि यो अन्तिम र निर्णायक दिन हो ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्