चक्रवात ‘बुलबुल’ लिन सक्छ भीषण रूप

भारतको मौसम विभागका अनुसार चक्रवात बुलबुल ओडिशा र पश्चिम बंगालका तटीय इलाकामा आफ्नो प्रभाव छोड्न सक्छ ।

समाचार एजेन्सी एएनआईका अनुसार मौसम विभागले भनेको छ कि यस क्रममा शुक्रबार ओडिशाको जगतसिंघपुर, केन्द्रपाडा, बालासोर र भद्रक जिल्लामा प्रतिघण्टा ६५ किलोमिटर सम्मको हावा चल्न सक्छ ।

विज्ञापन

पश्चिम बंगालको सागर द्वीप पनि यो चक्रवातसँग प्रभावित हुन सक्छ ।

चक्रवातलाई लिएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता जाहोर गरेका छन् । चक्रवात प्रभावीत क्षेत्रमा विपत् पूर्व तयारीको काम भइरहेको छ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्