नेविसंघले मशाल जुलुससहित प्रधानमन्त्री ओलीको पुत्ला जलाउने

काठमाडौँ – कालापानीसहितको नेपाली भूभाग भारतले आफ्नो नक्सामा राखेको विरोधमा नेपाल विद्यार्थी संघले चरणवद्ध आन्दोलन घोषणा गरेको छ ।

नेविसंघको काठमाडौँ जिल्ला समितिले मसाल जुलुससहित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनको कार्यक्रम घोषणा गरेको हाे ।

विज्ञापन

चरणवद्ध आन्दोलनका क्रममा भोलि (शनिबार) सिठ्ठी जुलुस, आइतबार मशाल जुलुस र शाेमबार प्रधानमन्त्री ओलीसहित सरकारमा रहेकाहरुको पुत्ला दहन गरिने नेविसंघ काठमाडौँ जिल्ला समितिका अध्यक्ष मनोज वैद्यले बताए ।

भारतले सीमा मिच्दा समेत सरकारले मौनता साधेकाले चरणवद्ध आन्दोलनमा उत्रेको उनले बताए ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्