जात्रा हेर्न गएका वडा सदस्य मृत भेट्टिए

सांकेतिक तस्बिर

बैतडी – जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा भेटिएका छन् ।

पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उहाँको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

विज्ञापन

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्