लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच सम्झौता

काठमाडौं-लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारकालागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बैंकका प्रमुखकार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुखकार्यकारी अधिकृत रिता गुरुङ्गले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे।

विज्ञापन

सो सम्झौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक रुपले विपन्‍न पृष्ठभूमिका बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा)को पहिचान र उपचारका लागि रु.५ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ।

रटिनोब्लाष्टोमाआँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाकक्यान्सर हो जुन सामान्यतयानवजातशिशु र पाँच वर्षसम्म काबालबालिकामा देखा पर्दछ । विश्वभर १५००० नवजात शिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्याङ्क छ।

यो रोग समयमा पत्ता लागेमा ज्यान मात्र होइन आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिहरुको विकास भएको छ। नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापि, लेजर थेरापि, प्लेग ब्राकिथेरापि, शल्यक्रियालगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ।

सुस्वास्थ्य सम्बन्धीदिगो विकास लक्ष्यप्राप्तिमा सहयोग पुर्‍याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारकालागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्