१४ वर्षपछि प्रथम श्रेणी क्रिकेटमा नेपालको पुनरागमन विर्सनलायक, एमसिसीसँग २ सय ८ रनले पराजित

काठमाडौँ- इङ्ल्यान्डको मेरिलिबोन क्रिकेट क्लब-एमसिसीसँगको प्रथम श्रेणी क्रिकेटमा नेपाल २ सय ८ रनले पराजित भएको छ। शुक्रबार सम्पन्न तीन दिवशीय खेलमा नेपालले कमजोर ब्याटिङ गर्‍यो।

खेलको तेस्रो दिन ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८४ रनमा सिमित भयो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए।

विज्ञापन

राजु रिजालले ३१, सन्दीप लामिछानेले २५, आरिफ शेखले १९ र करण केसीले १८ रन बनाए । शरद भेषवाकरले १४ रन र कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट भए । दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ र विनोद भण्डारीले खाता खोल्न सकेनन्।

पहिलो पालीमा दुई सय ११ रनले अगाडि रहेको एमसिसीले दोस्रो पाली एक सय ८१ रन जोडेर समाप्तीको घोषणा गरेको थियो। नेपाल पहिलो पालीमा एक सय ५३ रनमा समेटिएको थियो। नेपालले १४ वर्षपछि पहिलोपटक प्रथम श्रेणी क्रिकेट खेलेको हो।

 

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्