रुपज्योतीलाई तीन दिन हिरासतमा राख्‍न अदालतको अनुमति

रुपज्योती

काठमाडौँ – ठगि आरोपमा पक्राउ परेका चर्चित व्यवसायी तथा पूर्व अर्थ सहायक मन्त्री रुपज्योतीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौँले अदालतबाट तीन दिनको म्याद पाएको हो। रुपज्योतीलाई परिसरको टोलीले बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। रुपज्योतीविरुद्ध  हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोप छ। प्रहरीले रुपज्योती र उनकी छोरी सुरुचीलाई पनि पक्राउ गरेको छ।

ठगी आरोपमा रुपज्योतीविरुद्ध एक वर्षअघि नै प्रहरीमा जाहेरी परेको थियो। तर उनी अदालतको पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालत पुगेका थिए। तत्काल अदालतले स्टे अर्डर जारी गरेपनि पछि गरेको अन्तिम फैसला रुपज्योतीविरुद्ध थियो। अदालतको  फैसलालगत्तै प्रहरीले रुपज्योतीलाई नियन्त्रणमा लिएको हो।

कात्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्