मोदी सरकारले हटायो गान्धी परिवारलाई दिइएको विशेष सुरक्षा

एजेन्सी– नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले गान्धी परिवारको सुरक्षा घटाउने तयारी गरेको छ।

गान्धी परिवारलाई दिइँदै आएको ‘एसपिजी’ सुरक्षा घेरा हटाएर ‘जेड प्लस’ सुरक्षा दिइने भारतीय सञ्चार माध्यमले जनाएका छन्।

विज्ञापन

समाचार अनुसार अब गान्धी परिवारलाई ‘जेड प्लस’ सुरक्षा दिने र सुरक्षामा सीआरपीएफ कमाण्डो खटिने छन्।

अब एसपीजी सुरक्षा केवल प्रधानमन्त्री नरेन्द्र मोदीलाई मात्र प्रदान गरिने छ। यसअघि यो सुरक्षा घेरा मोदीका साथै गान्धी परिवारका सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धीलाई समेत प्रदान गरिएको थियो।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्