डा.केसीको पक्षमा डडेल्धुरामा र्‍याली

धनगढी-चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि ७ बुदे माग सहित डडेलधुरामा अनसनरत डाक्टर गोविन्द केसीको पक्षमा डडेलधुरामै र्‍याली निकालिएको छ।

केसीले अघिसारेका माग सम्बोधन हुनुपर्ने माग सहित शुक्रबार पेशाकर्मी एवं व्यवसायिक संघसस्थाको अगुवाइमा सदरमुकाममै र्‍याली निकालिएको हो।

विज्ञापन

डाक्टर गोविन्द केसीले अघि सारेका माग पुरा गर, डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको यथासिघ्र व्यवस्था गर, डडेल्धुरामा मेडिकल स्थापना गर, डा. केसीको जीवन रक्षा गर भन्दै निकालिएको र्‍यालीमा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको प्रहरीले जनाएको छ।

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डाक्टर केसीले अघि सारेका मागहरु जायज भएका कारण उनको पक्षमा आवाज उठाएको र्‍यालीमा सहभागि पदमा गुरुङले बताइन्। केसीका माग पुरा नभए स्थानीय वासी चर्को आन्दोलन गर्न बाध्य हुने उनले बताइन्।

र्‍यालीमा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्ल पनि सहभागी थिए।

बिहीबार पनि नागरिक समाजको अगुवाइमा डडेधुरामा केसीको पक्षमा र्‍याली निकालिएको थियो।

चिकित्सा शिक्षा सुधारको माग गर्दै डाक्टर केसीले १७ औं अनसन डडेल्धुराबाट सुरु गरेका हुन्।

डाक्टर केसी डडेलधुरा अस्पतालबाट करिव एक सय मिटर टाढा पर्ने निर्मल क्लनीकको तेस्रो तलामा अनसनरत छन्।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्