पार्किङमा राखिएको यतिको जहाजलाई श्री एयरलाइन्सको जहाजले ठक्कर दिएपछि..

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डोमेस्टिक पार्किङ वेमा श्री एयरलाइन्स र यतिको एयरलाइन्सको जहाज ठोकिएका छन्।

पार्किङ गरिराखेको यतिको जहाजलाई विराटनगरबाट आएको श्रीको जहाज पार्किमा जाँदै गर्दा ठोक्किएको श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले बताए।

विज्ञापन

उनका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो। जहाजमा सामान्य क्षति भएको छ। अन्य सबै सामान्य रहेको छ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्