सेभेन एसाईट फुटबलको बिजेतामा लालि एपसी

सिमकोट-जिल्ल पहिलो पटक सञ्चालनमा आएको सेभेन ए साईट फठबल प्रतियोगितामा लालि एफसी बिजेता भएको छ।

सुक्रबार भएको फाईनल प्रतियोगितामा निङ्बा एफसीलाई हराउदै लालि एफसी बिजेता भएको छ।

विज्ञापन

मध्यान्न भएको फाईनल खेलमा लालिले निङ्बालाई एक गोल गरेर विजेता भएको हो।

खेल अबधिभर लालिले निङ्बालाई नियन्त्रणमा राखेको थियो। तर पनि मध्यान्न अघि नै भएको एक गोल नै अन्तिम गोल भएको थियो।

पचास मिनेटको खेल अबधिमा सामान्य कुरालाई लिएर दुई टिमका खेलाडीहरुबिच केही बिबाद भए पनि पछि टुङ्गिएको थियो। बिजेता टिम लालि एफसीलाई पुर्ब मन्त्री एबं कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्ष दलका नेता जीबन बहादुर शाहीले पचास हजार रुपियाँ, मेडल, प्रमाणपत्र ट्रफी प्रदान गरेका थिए।

प्रतियोगितामा सबोत्कृष्ट खेलाडीमा लालि एफसीका खेलाडी हर्क बहादुर शाहीछनौट हुन भएको थियो भने सबोत्कृष्ट टिममा चाङ्ला एफसी छनौट भएको थियो। यी खेलाडी र टिमलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

त्यसै गरि प्रतियोगिताको उपबिजेता टिक निङ्बा एफसीलाई नगद रु तीस हजार, खेलाडिलाई मेडल तथा प्रमाण पत्र सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले प्रदान गरेका थिए।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्