मुसहर बस्तीमा रोजगारी घुम्ती पसल

काठमाडौँ – महोत्तरीको एकीकृत नमुना मुसहर बस्तीमा रोजगारी घुम्ती पसल सञ्चालन गरिएको छ । रोजगारी सर्भिसेस प्रालि युकेएड सीप कार्यक्रमको प्रावधिक सहयोगमा रोजगारी प्रालिद्वारा सञ्चालित रोजगारी घुम्ती पसलले मुसहर बस्तीमा अन्तर्क्रियासहित रोजगारका लागि आवेदन पनि संकलन गरिएको छ ।

रोजगारी घुम्ती पसल मार्फत मुसहर बस्तीका ३२ जना युवायुवतीले रोजगारका लागि अनलाइनमा आवेदन दर्ता गरेका छन् । रोजगारी प्रालिका परियोजना प्रबन्धक मनोज सुनुवारले दर्ता भएका युवायुवतीको क्षमता र योग्यताका आधारमा रोजगारदाता कम्पनीसँग उनीहरुको रोजगारीका लागि प्रक्रिया अघि बढाइने बताए ।

विज्ञापन

उनले सीप नभएका युवालाई सीपयुक्त तालिम पनि दिइने बताए ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्