आलम प्रकरण : सरकारी वकिल र जाहेरवालाका वकिलको बहस सकियो, अब आलमका वकिलको बाँकी

काठमाडौँ – बम बनाउँदै गर्दा भएको विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको आरोप लागेका सांसद मोहम्मद अफताब आलमका विषयमा रौतहट जिल्ला अदालतमा थुनछेक बहस जारी छ।

शुक्रबार सरकारी वकिल र जाहेरवालका तर्फबाट १० जना वकिलले बहस गरे। एक जना सरकारी वकिल र जाहेरवालाका ९ जना वकिलले बहस गरेको जनाइएको छ।

विज्ञापन

प्रदेश-२ मा आईतबार सार्वजनिक विदा दिइएकाले अब सोमबार मात्र थुनछेक बहसले निरन्तरता पाउने छ। सरकारी वकिल र जाहेरवालाका तर्फबाट बहस सकिएको जनाइएको छ। अब आलमका वकिलले बहस गर्नेछन्।

१२ वर्ष पुरानो घटनामा रौतहट प्रहरीले अनुसन्धान गर्दै ११ जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। आलमबाहेक सबै फरार छन्। आलम रौतहटबाट निर्वाचित संघीय सांसद हुन्।

२०६४ को पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन मतदातालाई तर्साउने योजनाअनुरुप आलमले काकाको घरमा बम बनाइरहेका बेला विस्फोट भएको प्रहरीको दावी छ। आलमविरुद्ध २ जना मृतकका आफन्तको किटानी जाहेरी छ। विस्फोट र इटाभट्टामा हालेर कतिलाई मारिएको थियो भन्ने यकिन तथ्यांक छैन।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू