पाकिस्तानको लज्जास्पद हार, १० विकेटले विजयी अस्ट्रेलियालाई श्रृंखला पनि

पर्थ : अस्ट्रेलियाले पाकिस्तानविरुद्धको तीन खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २-० ले जितेको छ। तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली अस्ट्रेलिया शुक्रबार १० विकेटले विजयी भयो।

पहिला ब्याटिङ गरेको पाकिस्तान केवल एक सय ६ रनमा सिमित भएको थियो। पाकिस्तानलाई कम योगफलमा सिमित गर्न केन रिचार्डसनले तीन तथा मिचेल स्टार्क र सिन एबटले दुई दुई विकेट लिए। चार ओभरमा रिचार्डसनले १८ र एबटले १४ रन दिए। पाकिस्तानका दुई जना ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके।

विज्ञापन

इफ्तिखर अहमदले अविजित ४५ रन बनाए। इमाम उल हकले १४ रन जोडे। अस्ट्रेलियाले ११ ओभर पाँच बलमा विकेट नगुमाई लक्ष्य पुरा गर्‍यो। कप्तान एरोन फिन्चले ५२ र डेभिड वार्नरले ४८ रन बनाए। सिन एबट प्लेयर अफ दी म्याच र स्टिभन स्मिथ प्लेयर अफ दी सिरिज भए।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्