जनकपुरमा नेपाल साहित्य महोत्सवको सुरु

जनकपुरधाम-तीन दिवसीय नेपाल साहित्य महोत्सव जनकपुरधाममा सुरु भएको छ। बुक वर्ड फाउण्डेशनको आयोजनामा नेपाल साहित्य महोत्सवको जनकपुरधाम संस्करणको उदघाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गरेका छन्।

यादवले जानकी मन्दिर प्रांगणको छेउमा रहेको रामजानकी विवाहमण्डपको बँगैचामा वृक्षारोपण गरेर साहित्य महोत्सवको उदघाटन गरेका हुन्।

विज्ञापन

महोत्सवको पहिलो दिन आज साँझ जनकपुरधामको जानकी मन्दिरको प्रांगनमा विभिन्न साहित्यकारहरुलले मैथिली साहित्यसहितको विषयमा चर्चा गरेका थिए।

आज देखि शुरु भएको महोत्सव २४ गतेसम्म चल्ने नेपाल साहित्य महोत्सवमा विभिन्न समसामयिक विषयमाथि विद्वानहरुले चर्चा परिचर्चा गर्ने छन्।

सन २०११ मा संघिय राजधानी काठमाडौँबाट शुरु गरिएको नेपाल साहित्य उत्सव काठमाडौँ हुँदै पोखरा र यस पटक जनकपुरधाममा साहित्य उत्सवको आयोजना गरिएको हो।

उत्सवको दोस्रो दिन शनिबारदेखि विभिन्न समसामयिक विषयमाथि चर्चापरिर्चा हुने आयोजकले जनाएको छ।

चुरेको चिन्ता शिर्षकमा पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल गर्ने सम्वादमा पत्रकार चन्द्र किशोर झाले मोडेरेटर रहने छन्। त्यस्तै जानकी मन्दिरको प्रांगणमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले सीता माथि प्रवचन दिने छन्।

स्वभिमान सम्मान र अभिमान विषयमाथि हिमाल खबर साप्ताहिकका सम्पादक किरण नेपाल, प्रदेश दुईका मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी बिच परिचर्चा गरिने छ। यस सत्रको मोडरेटर नेपाली कांग्रेसका युवा नेता गगन थापा गर्ने आयोजकले जनाएको छ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्