१८ लाख नगदसहित हुण्डी कारोवारी तीन भारतीय पक्राउ

पर्सा- १८ लाख नगदसहित हुण्डी कारोवार संलग्न रहेको आरोपमा ३ जना भारतीय नागरिकलाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले हुण्डी कारोबारमा सँलगन रहेको आरोपमा उक्त रकमसहित भारत बिहार सुगौली बजार बस्ने २२ बर्षिय बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने २६ बर्षिय सुधिर कुमार र सोही ठाउका ३० वर्षीय सहिद आलमलाई पक्राउ गरेको हो।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चेकजाँच गर्ने क्रममा बिरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चोकबाट पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिँह राठौरले जानकारी दिए।

भारतको रक्सौलबाट बीरगंज तर्फ बिआर ०५५ एस ३७९२ र बि आर ०५ बि १४४४ र बि आर ०६ ३७८९ नम्बरको मोटरसाईकलमा चढेर आउदै गरेको अवस्थामा पक्राउ गरिएको राठौरले बताए।

पक्राउ परेका तीनैजनालाई रकमसहित प्रहरी नियन्त्रणमा राखी आवशयक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाए

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्