नेपाल र इरान पहिलो हाफसम्म गोलरहित बराबरीमा

काठमाडौँ– एएफसी यु–१९ च्यापिम्पयनसिप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इरानको सामना गरिरहेको छ।

पहिलो हाफको खेल सकिँदासम्म दुबै टोलीबाट गोल हुन सकेको छैन। खेल इरानको तेहरानस्थित पिएएस रङ्गशालामा भइरहेको छ।

विज्ञापन

छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ४–० गोलअन्तरले पराजित भएको थियो। त्यस्तै इरानले भने आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो।

शुक्रबार नै भएकाे अर्को खेलमा किर्गीस्तानले युएईलाई २–० गोलले पराजित गरेको छ। नेपाल समूह डी मा रहेको छ। नेपालको समूहमा युएई, कीर्गिस्तान र आयोजक इरान छन्।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्