२९ वर्षदेखि फरार रहदै आएका अभियुक्त पक्राउ

पर्सा-२९ वर्षदेखि फरार रहदै आएका एक अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले वन मुद्दामा अदालतबाट सजाय पाई २९ बर्षदेखि फरार रहदै आएका जितपुरसिमरा उप महानगरपालिका वडा नम्बर २ बस्ने ५० बर्षिय रुस्तम लामालाइ पक्राउ गरेको हो।

विज्ञापन

पक्राउ परेका लामालाई तत्कालिन नारायणी अंचल अदालतले २०४७ साल पागुन ०८ गतेको फैसला आदेशले वन मुद्दामा २ महिना कैद र .३ सय ४० रुपैया जरिवाना तोकेको थियो।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ लामालाई पक्राउ गरेको हो।

पक्राउ परेका लामालाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागी कारागार कार्यालय बिरगंज पठाईएको बाराका प्रहरी उपरिक्षक बिकाशराज खनालले जानकारी दिए।

यस्ते कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई पनि बारा प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले बारा महागढीमाई नगरपालिका वडा नं. ६ मझरिया टोल बस्ने गजानन्द यादवलाइ पक्राउ गरेको हो।

पक्राउ परेका यादवले २०७५ साल कार्तिक ३० गते आफनै टोलका २१ बर्षिय किरण देवी यादवलाइ कुटपिट गरी हत्या गरि फरार रहदै आएको बारा प्रहरीले जनाएको छ।पक्राउ परेका यादवलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई जिल्ला अदालत बाराबाट पहिलो पटक ५ दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू