उपल्लो हुम्लामा हिमपात

सिमकोट– माथिल्लो हुम्लामा हिमपात सुरु भएको छ। बिहीबारबाट वर्षा भएपछि सदरमुकाम सिमकोट माथिको बोक्सी डाँडामा हिमपात हुँदा हिउँ जम्न सुरु भएको छ।

सिमकोट गाउँपालिकाको चाङ्ला, रलिङ, पञ्चमुखी क्षेत्रको माथिल्लो भागमा हिउँ जमिसकेको छ भने नाम्खा गाउँपालिकाको सबै वडाको माथिल्लो क्षेत्रमा हिउँ जमेको छ।

विज्ञापन

माथिल्लो क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको छ। चिसो बढ्दा मानिसहरुले बाक्ला र न्याना कपडाहरु लगाउन थालेका छन्। यो हिमपातपछि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी जाने न्यालु लेक पनि बन्द भएको छ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्