चितुवाको छालासहित तीनजना पक्राउ

जनकपुरधाम- धनुषामा पाटे चितुवाको छाला सहित तीनजना पक्राउ परेको छ।

शुक्रबार साँझ करिक ६ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेडक्वाटर धनुषाबाट खटेको गस्ती स्क्वाइट टोलीले चेकजाँचको क्रममा तीनजनालाई धनौजी गाउँपालिका वडा नं. २ गोरदाहाबाट पक्राउ गरेको सशस्त्रका प्रहरी उपरिक्षक राजेश उप्रेतीले जानकारी दिएका छन्।

विज्ञापन

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरका २८ वर्षीय सुनिल ढुङ्गेल, ३९ वर्षीय शिव कुमार महतो र धनौजी गाउँपालिका वडा नं. ४ का ३६ वर्षिय जयराम मण्डल रहेको प्रहरी उपरिक्षक उप्रेतीले जानकारी दिए।

तीनै जनालाई प्रदेश नं. २-०२-००१ प ६०२८ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा पाटे चितुवाको शरीरको भाग ५ फिट र पुच्छरसहित ७.५ फिट लम्बाई र ४-४.५ फिट चौडाइ भएको पाटे चितुवाको छाला-१ थान बरामद गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धनुषामा बुझाउने प्रक्रियामा रहेको प्रहरी उपरिक्षक उप्रेतीले बताएका छन्।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू