धनुषामा छुट्टा-छुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

फाइल तस्बिर

जनकपुरधाम- धनुषामा छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

धारापानीको विहानमा मोटरसाईकललाई विपरीत दिशाबाट आइरहेको ना १ ज ८६६१ नम्बरको विंगरले ठक्कर दिँदा एकजना युवाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडी सवार सिरहा जिल्लाको कर्जन्हा नगरपालिकाका सोभित दासका छोरा १५ वर्षिय अमन दास रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक सरोज राईले जानकारी दिए।

त्यस्तै मोटरसाईकल चालक बारा जिल्लाको कोतबाली गाउँपालिका वडा नं. २ का आर्मिका हवल्दार श्यामकिशोर कुमार कुशवाहा रहेको प्रहरी निरिक्षक राईले जानकारी दिए। कुशवाहा धारापानी हवाई सेवा सुरक्षा तालिम केन्द्रमा कार्यरत छन्।

त्यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ८ मा ट्रयाक्टरको ठक्करले एकजना करिब १० वर्षीय बालकको मृत्यु भएको धनुषाका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले बताए। यस घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको उनले बताए।

कात्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्