पश्चिम राप्तीमा जलाधार गुरु योजना निर्माण गर्दै सरकार

दाङ-सरकारले पश्चिम राप्ती जलाधार गुरुयोजना निर्माण गर्न थालेको छ। आगामी ३० बर्षको लागि हेरेर योजना प्रस्तुत गरिएको छ ।

सरकारले राप्ती जलाधार कार्यालय स्थापना गरेर पश्चिम राप्ती जलाधार व्यवस्थापन गर्न हाइड्रोपावर, माडी ड्राइभर्सन, नौमुरो योजना सहित राप्ती नदीमा सञ्चालीत आयोजनाको निरन्तरताको लागि पश्चिम राप्ति जलाधारको गुरुयोजना निर्माण गर्न थालिएको हो। प्रारम्भिक अध्ययनबाट हाइड्रोपावर, सिंचाइ तथा खानेपानीको लागि पानी पुग्ने निष्कर्ष अध्ययनले निकालेको छ।

विज्ञापन

माडी ड्राइभर्सन बाट दाङ उपत्यकामा सिंचाइ गर्ने, नोमुरेमा हाइड्रोपावर सहित विद्युत निकाल्ने र कपिलवस्तुमा ड्राइभर्सन गरेर सिंचाइ सुविधा पुर्‍याउने योजना छ।

यसअघि राप्ती नदिमा सञ्चालित प्रगन्ना र बड्कापथ कुलो सिंचाइ आयोजनालाइ पानी प्रयाप्त पुग्ने उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले बताए।`नौमुरे डिपिआर फाइनल फेजमा पुग्यो´मन्त्री पुनले भने-`माडीमा हाइड्रोपावर बनाउन ३४ अर्ब लाग्ने प्रारम्भिक स्टिमेट आएको छ। यी सबै योजना कार्यान्वयनमा जान जनताको सहभागीतामा गर्नुपर्छ ।´

पश्चिम राप्तिको जलाधार गुरुयोजनाको बारेमा राप्ती रिभर बेसिन संग जोडिएका सरोकारवाला निकाय संग घोराहीमा बृहत छलफल गरिछ। छलफलको क्रममा विज्ञहरुले राप्ती जलाधार विकास प्राधिकरण बनाएर जलाधार क्षेत्रमा काम गर्नुपर्ने सुझाव दिएका छन्।

राप्तीको ५५ प्रतिशत पानी अझै भारतमा

राप्ती नदिको सम्पूर्ण पानी मध्य ५५ प्रतिशत पानी अझै भारतमा जाने अध्ययनले देखाएको छ। राप्ती नदीको ४५ प्रतिशत पानी मात्रै नेपालमा उपभोग भैरहेको छ । नेपालको पानीमा नेपालको पूर्ण अधिकार स्थापित गर्नुपर्ने जल विज्ञ शिद्दबावु रेग्मीले बताए।`

५५ प्रतिशत पानी अझै भारतमा जाने समस्या छ। ४५ प्रतिशत पानी नेपालमा उपभोग गर्न पाउनु पर्छ´उनले भने-`राप्ती नदीको पानीले हिउँदमा दाङ र कपिलवस्तुले चैते धान लगाएमा पानी पुग्दैन। त्यस कारण यश बिषयलाइ पनि मध्यनजर गर्नुपर्छ।´

२ हजार हेक्टर जग्गा उकास

प्रारम्भिक अध्ययनबाट राप्ती नदीमा तटबन्ध गर्दा २ हजार हेक्टर जमिा बाट झण्डै ८ अर्व मुल्यको जग्गा उकास हुने देखिएको छ।

सिंचाइ मुख्य सवाल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सिंचाइ सुविधा पुर्‍याउने बिषय मुख्य सवाल रहेको बताए।`पानी पुर्‍याउन सकिन्छ। यसमा योजनाबद्द ढंगबाट लाग्नुपर्छ´उनले भने-`माडीका कारण नौमुरेलाइ कुनै समस्या पर्दैन।´

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू